Market Closed

समिट लघुवित्तका लगानीकर्ताले यसपटक लाभांश नपाउने

18 Sep,2020
  • summit_9_18_2020_12_21_24.jpg
नेपाली पैसा
 
काठमाडौं : समिट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले यसपटक लाभांश नपाउने भएका छन् । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट लाभांश वितरण नगरिने जानकारी दिएको हो । कम्पनी सञ्चालक समितिको बैठकले वासलात, आम्दानी तथा नाफा नोक्सान विवरण पारित गरेको छ ।

अब साधारण सभा र नियामक राष्ट्र बैंक समक्ष पेश गरिने निर्णय भएको कम्पनीको भनाई छ । समिटले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट २१.१% बोनस र कर प्रयोजनका लागि १.१% नगद लाभांश वितरण गरेको थियो । समिट र सजिलो लघुवित्त एक आपसमा मर्ज भएर असोज ६ गतेबाट एकीकृत कारोबार सुरु गर्दैछन् । मर्जर सम्झौतासँगै समिट लघुवित्तको माघ २३ गतेबाट नेप्सेमा सेयर कारोबार रोक्का छ ।
 
 
 
 
 

Post Your Comment