Market Closed

सनराइज बैंकको साधारण सभा आज, लगानीकर्तालाई लाभांश

01 Nov,2019
  • AGM_img_11_1_2019_10_07_59.jpg
नेपाली पैसा  
 
काठमाडौं : सनराइज बैंकको शुक्रबार (कात्तिक १५ गते) साधारण सभा सुरु भएको छ । सभामा बैंकले १५.८% लाभांश दिने प्रस्ताव पेश गर्दैछ । साधारण सभा नक्साल ब्यांकेट नारायणचौर, काठमाडौंमा बिहान १० बजे सुरु भएको हो ।  बैंकले गत वर्षको नाफाबाट १०% बोनस सेयर र ५.८% नगद लाभांश प्रस्ताव गरेको छ । बैंकले कुल ८१ करोड ५२ लाख ५५ हजार ५८५ रुपैयाँ बराबरको बोनस सेयर र ४७ करोड २८ लाख ४८ हजार २३९ रुपैयाँ नगद लाभांश बाँड्नेछ ।  
 
सनराइज बैंक अन्य वित्तीय संस्था एक्वायर गर्न पनि तयार देखिएको छ । कुनै वित्तीय संस्था गाभ्नु परेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव समेत सभामा लगिँदैछ । आर्थिक वर्ष २०७५–७६ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
 
 बोनस पश्चात चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधनको एजेन्डा पनि छ । साधारण सभा प्रयोजनका लागि सनराइजले कात्तिक १ गते बुक क्लोज गरेको छ । असोज ३० गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् । 
 
हाल सनराइज बैंकको चुक्ता पुँजी ८ अर्ब १५ करोड २५ लाख ५५ हजार ८५१ रुपैयाँ रहेको छ । प्रस्तावित बोनस वितरणपछि ८ अर्ब ९६ करोड ७८ लाख ११ हजार ४३६ रुपैयाँ पुग्नेछ ।

सनराइज बैंकको एजीएमको एजेन्डा हेर्नुहोस् । 

Post Your Comment