Market Closed

सनराइज बैंकको १५.८% लाभांश पारित

01 Nov,2019
  • sunridr_new_11_1_2019_12_34_20.jpg
नेपाली पैसा 
 
काठमाडौं : सनराइज बैंकको शुक्रबार सम्पन्न साधारण सभाले १५.८% लाभांश पारित गरेको छ । सभा नक्साल ब्यांकेट नारायणचौर, काठमाडौंमा बिहान १० बजे सुरु भएको थियो । सनराइजले गत वर्षको नाफाबाट १०% बोनस सेयर र ५.८% नगद गरी कुल १५.८% लाभांश दिएको हो । बैंकले ८१ करोड ५२ लाख ५५ हजार ५८५ रुपैयाँ बराबरको बोनस सेयर बाँडेको छ । यस्तै, ४७ करोड २८ लाख ४८ हजार २३९ रुपैयाँको नगद लाभांश पनि दिएको हो । 
 
 अन्य वित्तीय संस्थासँग एक्वायर गर्न परेमा यस सम्बन्धी सबै काम गर्ने अधिकार सञ्चालक समितिलाई प्रत्यायोजन गरिएको छ । आर्थिक वर्ष २०७५–७६ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा पनि छलफल गरी अनुमोदन गरिएको छ । 
 
 साधारण सभा प्रयोजनका लागि सनराइजले कात्तिक १ गते बुक क्लोज गरेको थियो। असोज ३० गतेसम्म कायम सेयरधनीले लाभांश पाउँदै छन् । चुक्ता पुँजी ८ अर्ब १५ करोड २५ लाख ५५ हजार ८५१ रुपैयाँ रहेको सनराइजको बोनसपछि ८ अर्ब ९६ करोड ७८ लाख ११ हजार ४३६ रुपैयाँ पुगेको छ । 
 

Post Your Comment