Market Closed

सनराइज बैंकको लाभांश : एजीएम सके लगत्तै सेयरधनीको खातामा पठाउन थालियो

04 Nov,2019
  • Sunrise-bank-Ltd_4_23_2018_10_54_51_8_14_2019_8_50_24.jpg
नेपाली पैसा 
 
काठमाडौं : सनराइज बैंकले पनि साधारण सभा सम्पन्न भए लगत्तै सेयरधनीलाई नगद लाभांश खातामै पठाइदिने प्रक्रिया अघि बढाएको छ । बैंकले आइतबार (कात्तिक १७ गते) बाट नै ५.८% नगद खातामा जम्मा गरिदिन सुरु गरेको हो । तर अहिलेसम्म पनि डिम्याट खाता नखोलेका र बैंक खाता अद्यावधिक नगरेका सेयरधनीलाई तत्काल खाता अद्यावधिक गर्न आग्रह गरिएको छ ।

खाता अपडेट गरेपछि मात्र लाभांश पाइनेछ । बैंकको कात्तिक १५ बसेको साधारण सभाले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट १०% बोनस सेयर र ५.८% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । बोनस डिम्याट खातामा पठाउन भने केही समय लाग्नेछ । 

सनराइज बैंकको १५.८% लाभांश पारित


   
 
 
 

Post Your Comment