Market Closed

सनराइज बैंकको खुद नाफा ३७.०६% ले बढ्दा वितरण योग्य नाफा कति ?

08 Nov,2019
  • Sunrise-bank-Ltd_4_23_2018_10_54_51_8_14_2019_8_50_24.jpg
नेपाली पैसा

काठमाडौं : सनराइज बैंकले आर्थिक वर्ष २०७६–०७७ को पहिलो त्रैमाससम्म आइपुग्दा ४५ करोड ४३ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ३७.०६% ले बढी हो । गत वर्ष यसैअवधिमा बैंकले ३३ करोड १४ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । असोज मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा १५ करोड ८३ लाख ६२ हजार रुपैयाँ रहेको छ । 

पहिलो त्रैमाससम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ३३.९१% र ३५.३९% ले बढेको छ । यसले पनि खुद नाफा बढ्न सहयोग पुगेको हो । बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ २९ पैसा पुगेको छ । यो गत वर्षको यसैअवधिमा भन्दा ६ रुपैयाँ ०३ पैसाले बढी हो । बैंकको प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ७८ पैसा रहेको छ । 

यता, रिजर्भ कोष र रिटेन्ड अर्निङ पनि गत वर्षको चौथो त्रैमासमाभन्दा अहिले बढेको छ । सनराइजले गत वर्षको नाफाबाट १०% बोनस सेयर र ५.८% नगद गरी कुल १५.८% लाभांश वितरण गरि सकेको छ । 

Post Your Comment