Market Closed

राष्ट्रिय वाणिज्य बैंकको स्वामित्वमा रहेको सनराइज क्यापिटलको ४ लाख २८ हजार कित्ता सेयर लिलामी खुल्यो

22 Sep,2020
  • Auction_8__9_22_2020_9_46_26.jpg
नेपाली पैसा 
 
काठमाडौं : राष्ट्रिय वाणिज्य बैंकले आज (असोज ६ गते) बाट आफ्नो स्वामित्वमा रहेको सनराइज क्यापिटलको ४ लाख २८ हजार ५८० कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ । बैंकले संस्थापक समूहको सेयर बिक्री खुला गरेको हो । लगानीकर्ताले यसमा न्यूनतम २०५ रुपैयाँ ८२ पैसालाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ ।

यसमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले मात्र आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम म्याद असोज २० गतेसम्म हुनेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सबै  कित्तासम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ, टेकु काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।
 
 

Post Your Comment