Market Closed

स्वाबलम्बन लघुवित्तको २०% लाभांश राष्ट्र बैंकबाट स्वीकृत, अब एजीएममा लगिने

13 Jan,2021
  • Bonus_8_15_2_1_13_2021_10_54_34.jpg
नेपाली पैसा 
 
काठमाडौं : स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले प्रस्ताव गरेको २०% लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको छ । अब, कम्पनीको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीले लाभांश हात पार्नेछन् । तर, कम्पनीले हालसम्म एजीएम बस्ने मितिबारे जानकारी भने गराएको छैन ।

स्वाबलम्बनले गत वर्षको नाफाबाट १९% बोनस सेयर र कर प्रयोजनका लागि १% नगद लाभांश दिने घोषणा गरेको छ । यसर्थ, संस्थाले १५ करोड ६ लाख ६०० रुपैयाँ बराबरको रकम बोनस सेयरमा वितरण गर्नेछ । त्यस्तै, ७९ लाख २६ हजार ३४८ रुपैयाँ नगद लाभांशमा खर्च गर्नेछ । 
 

Post Your Comment