Market Closed

सानिमा जनरलले आइपीओ ल्याउने, माघ २४ मा एजीएम

14 Jan,2020
  • ipo_1_14_2020_11_06_09.jpg
नेपाली पैसा
 
काठमाडौं : सानिमा जनरल इन्सुरेन्सले दोस्रो वार्षिक साधारण सभा माघ २४ गते बोलाएको छ । सभा होटल एलो पेगोडा, कान्तिपथ काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुनेछ । सभामा आइपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पेश गर्दैछ । सो सम्बन्धि कार्य गर्नका लागी सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । 
 
सभामा आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदन पारित गर्ने र सोही आर्थिक वर्षको वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । 
 
 
 

Post Your Comment