Market Closed

सानिमा जनरल इन्सुरेन्सलाई ३० करोडको आइपीओ बिक्री गर्न धितोपत्र बोर्डको अनुमति

21 Sep,2020
  • ipo_img_9_10_2020_3_16_53_9_21_2020_5_08_44.png
नेपाली पैसा

काठमाडौं : सानिमा जनरल इन्सुरेन्सले ३० करोड रुपैयाँको आइपीओ जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । सानिमाले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको ३० लाख कित्ता आइपीओ जारी गर्न नियामक निकायबाट अनुमति पाएको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गरेको छ । यस इन्सुरेन्सको आइपीओलाई केयर रेटिङ नेपालले मध्यम अवस्था जनाउने केयर एनपी बीबी प्लस’ रेटिङ प्रदान गरेको छ ।  
 
हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । आइपीओपछि चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ । निर्जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी १ अर्ब रुपैयाँ हुनुपर्ने प्रावधान छ । सोही प्रावधानअनुसार कम्पनीले आइपीओ निष्कासन गर्न लागेको हो । 
 

Post Your Comment