Market Closed

सानिमा जनरल इन्सुरेन्सको आइपीओ रिजल्ट नेपाली पैसामा हेर्नुहोस्

16 Oct,2020
  • ipo_7_7_2020_1_56_12_10_16_2020_11_50_15.jpg
नेपाली पैसा 
 
काठमाडौं : सानिमा जनरल इन्सुरेन्सको आइपीओ रिजल्ट तपाईं नेपाली पैसाको वेबसाइटबाट हेर्न सक्नुहुनेछ । नेपाली पैसाको होम पेजको क्विक लिंक मेनुमा गएर आइपीओ रिजल्ट (यहाँ क्लिक गर्नुहोस्) क्लिक गरी हेर्न सकिनेछ । यसैगरी, नेपाली पैसाको एपबाट पनि आइपीओ परे नपरेको जानकारी पाउन सकिन्छ ।  सानिमा जनरल इन्सुरेन्सको आइपीओ शुक्रबार बिहान बाँडफाँट भएको हो ।
 
यसमा २ लाख ७३ हजार जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । ५ लाख ९० हजार ५४५ जना आवेदनकर्ता भने आइपीओ हात पार्न वञ्चित भएका छन् । यसमा ८ लाख ६६ हजार ९०५ जनाले आवेदन दिएकामा ३ हजार ३६० जना आवेदकको आवेदन रद्द भएको छ । 
 
यस कम्पनीले असोज २१ गतेबाट २५ गतेसम्म १ सय रुपैयाँ अंकित मूल्यमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । कुल ३० लाख कित्तामध्ये ४% अर्थात् १ लाख २० हजार कित्ता सेयर कम्पनीका कर्मचारीको लागि छुट्याएको थियो । त्यस्तै, ५% अर्थात् १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि सुरक्षित गरिएको थियो । बाँकी २७ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।
 
यो आइपीओलाई केयर रेटिङ नेपालले मध्यम अवस्था अर्थात् औसत जोखिम जनाउने केयर एनपीबीबी प्लस’ रेटिङ प्रदान गरेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । आइपीओपछि चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुगेको छ । निर्जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी १ अर्ब रुपैयाँ हुनुपर्ने प्रावधान छ ।

Post Your Comment