Market Closed

तारागाँउ रिजेन्सी होटलले घोषणा गर्यो लाभांश

10 Dec,2019
  • taragaon-regency-hotel-ltd_3_2_5_29_2018_10_56_44.jpg
नेपाली पैसा
 
काठमाडौं : तारागाँउ रिजेन्सी होटलले १२% नगद लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको कमाईबाट खुद १२% नगद लाभांश दिने निर्णय गरेको हो । होटलले नगदमा लाग्ने ५% कर कटाएपछि लगानीकर्ताको हातमा १२% नगद लाभांश पर्ने जनाएको छ ।

लाभांश आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । गत वर्ष पनि होटलले करसहित १२.६३% नगद लाभांश वितरण गरेको थियो । अर्थात् कम्पनीले यसपटक पनि गत वर्षकै जति लाभांश वितरण गरेको हो । 


 
 

Post Your Comment