Market Closed

युनाइटेड इन्सुरेन्सको २४०% हकप्रद भर्ने समय थप, अब असोज २३ गतेसम्म म्याद

23 Sep,2019
  • united_9_23_2019_10_40_10.jpg
नेपाली पैसा
 
काठमाडौं  : युनाइटेड इन्सुरेन्सले २४०% हकप्रद भर्ने म्याद थप गरेको छ । कम्पनीले १७ दिनको समय थप गरेर हकप्रद भर्ने म्याद असोज २३ गतेसम्म पुर्याएको छ । यसअघि कम्पनीले भदौ ३ गतेबाट सोमबार (असोज ६ गते) सम्म १०० रुपैयाँ दरले १ः२.४ अनुपातमा ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । समय थप गरिएकाले अब लगानीकर्ताले हकप्रद असोज २३ गतेसम्म भर्न सक्नेछन् । 
 
यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गरेको छ । साउन १३ गतेसम्म कायम सेयरधनी मात्र हकप्रद भर्न योग्य हुनेछन् । युनाइटेडले हाल कायम चुक्ता पुँजी ३० करोड २४ लाख रुपैयाँबाट हकप्रद ल्याएको हो । हकप्रद बिक्रीपछि पुँजी १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ । हकप्रद बिक्रीपछि पुँजी संरचना संस्थापक र सर्वसाधारणको ६०ः४० अनुपातमा हुने कम्पनीले जानकारी दिएको छ ।

यो हकप्रदलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले औसत भन्दा कम आधार जनाउने ग्रेड ४ रेटिङ प्रदान गरेको छ । हकप्रद बिक्रीबाट प्राप्त हुने रकममध्ये सरकारी र सरकारको जमानत प्राप्त सेक्युरिटी, पब्लिक कम्पनीको साधारण सेयरमा लगानी हुनेछ । यसैगरी, नेपाल पुनर्बिमा, वाणिज्य बैंक र विकास बैंकको मुद्दति निक्षेप र अन्य केही क्षेत्रमा लगानी हुने कम्पनीको भनाई छ । युनाइटेड इन्सुरेन्सको सम्पूर्ण शाखा तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलबाट हकप्रदमा आवेदन दिन सकिनेछ ।
 
एनएमबि बैंकको शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सकिनेछ । गुडविल फाइनान्सको कार्यालय हात्तिसार, डिल्लीबजार, इन्द्रचोक, कुमारीपाटी शाखाबाट फारम पाइनेछ । सेन्ट्रल फाइनान्सको कुपन्डोल, चावहिल र च्याम्हासिंहको शाखाबाट पनि आवेदन दिन सकिनेछ । सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट हकप्रद भर्न पाइने पनि कम्पनीले जनाएको छ ।
 

Post Your Comment