नेपाली पैसा
काठमाडौं : युनाइटेड इन्सुरेन्स कम्पनीको कात्तिक २६ गते साधारण सभा बोलाएको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७४–७५ को साधारण सभा कात्तिक २६ मा गर्ने निर्णय गरेको हो । तर यस इन्सुरेन्सले लाभांश बिना नै सभा बोलाएको छ । यस आधारमा यसपटक लगानीकर्ताको हात रित्तो हुने भएको छ ।
युनाइटेडले सभा प्रयोजनका लागि कात्तिक ८ गते देखि कात्तिक २६ गते सम्म बुक क्लोज गर्नेछ । कम्पनी पुँजी वृद्धि गर्न केही समय अघि मात्रै २४०% हकप्रद सेयर बिक्री गरेको थियो । हकप्रदपछि पुँजी १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्दैछ ।