Market Closed

युनाइटेड इन्सुरेन्सले मर्जरका लागि बाटो खुला गर्ने, कात्तिक २६ मा एजीएम

18 Oct,2019
  • united_9_23_2019_10_40_10_10_9_2019_8_55_15_10_10_2019_5_21_52.jpg
नेपाली पैसा
 
काठमाडौं : युनाइटेड इन्सुरेन्स कम्पनीले मर्जरका लागि बाटो खुला गर्ने भएको छ । कम्पनीले उपयुक्त निर्जीवन बिमा संस्थाहरु एक आपसमा गाभ्न–गाभिन परेमा आवश्यक सम्झौताका लागि सञ्चालक समितिलाई अख्तिायारी दिने भएको छ । उक्त प्रस्ताव कात्तिक २६ गते बस्ने वार्षिक साधारण सभामा पेश हुनेछ । कम्पनीले आर्थिक वर्ष २०७४।७५ को वार्षिक साधारण सभा गर्न लागेको हो ।
 
सभा कार्की ब्यांक्वेट बबरमहल, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सञ्चालक समितिका अध्यक्षले पेश गर्ने वार्षिक प्रतिवेदन तथा २०७४–७५ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ । साथै, आव २०७५–७६ का लागि लेखा परीक्षक नियुक्त गरी पारिश्रमिक तोकिने छ । तर इन्सुरेन्सले लाभांश सम्बन्धी भने कुनै प्रस्ताव राखेको छैन । 
 
यस्तै, बिमा समितिबाट जारी बिमाको संस्थागत सुशासन सम्बन्धी निर्देशिका बमोजिम कम्पनीको संचालक समिति संरचनामा परिवर्तन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा पनि छ । सभा गर्न युनाइटेडले कात्तिक ८ देखि २६ गतेसम्म बुक क्लोज गर्नेछ । कात्तिक ७ गतेसम्म कायम रहने सेयरधनी सभामा भाग लिन पाउनेछन् । कम्पनीले पुँजी वृद्धि गर्न केही समय अघि मात्रै २४०% हकप्रद सेयर बिक्री गरेको थियो । हकप्रदपछि पुँजी १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ ।

युनाइटेडको एजीएमको एजेन्डा यहाँबाट हेर्नुहोस् ।

Post Your Comment