Market Closed

युनाइटेड इन्सुरेन्सको सभा आज, यस्ता छन् मुख्य एजेन्डा

12 Nov,2019
  • united_9_23_2019_10_40_10_10_9_2019_8_55_15_10_10_2019_5_21_52_11_12_2019_10_28_40.jpg
नेपाली पैसा

काठमाडौं  :युनाइटेड इन्सुरेन्सको साधारण सभा कार्की ब्यांक्वेट बबरमहल, काठमाडौंमा मंगलबार (कात्तिक २६ गते) बिहान १० बजेबाट सुरु भएको छ । सभामा कम्पनीले उपयुक्त निर्जीवन बिमा संस्थाहरु एक आपसमा गाभ्न–गाभिन परेमा आवश्यक सम्झौताका लागि सञ्चालक समितिलाई अख्तिायारी दिने प्रस्ताव पेश गर्दैछ । 
 
सञ्चालक समितिका अध्यक्षले पेश गर्ने वार्षिक प्रतिवेदन तथा २०७४–७५ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ । साथै, आव २०७५–७६ का लागि लेखा परीक्षक नियुक्त गरी पारिश्रमिक तोकिने एजेन्डा पनि छ । तर, इन्सुरेन्सले लाभांश सम्बन्धी भने कुनै प्रस्ताव राख्ने छैन ।
 
यस्तै, बिमा समितिबाट जारी बिमाको संस्थागत सुशासन सम्बन्धी निर्देशिका बमोजिम कम्पनीको संचालक समिति संरचनामा परिवर्तन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा पनि छ । सभा गर्न युनाइटेडले कात्तिक ८ देखि आजसम्म बुक क्लोज गरेको छ । कात्तिक ७ गतेसम्म कायम रहने सेयरधनी सभामा भाग लिन पाउनेछन् ।

कम्पनीले पुँजी वृद्धि गर्न केही समय अघि मात्रै २४०% हकप्रद सेयर बिक्री गरेको थियो । हकप्रदपछि पुँजी १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ पुगेको छ । 
 

Post Your Comment