Market Closed

युनाइटेड इनसुरेन्सको ५ लाख कित्ता सेयर मंसिर १० गतेबाट लिलामी आउने

20 Nov,2019
  • auction_4_11_20_2019_10_16_07.jpg
नेपाली पैसा 
 
काठमाडौं : युनाइटेड इन्सुरेन्सको ४ लाख ९९ हजार १९२.६० कित्ता सेयर लिलामीमा आउने भएको छ । यसमा १ लाख ५७ हजार ६४९.६० कित्ता संस्थापक र ३ लाख ४१ ह्जार ५४३ कित्ता सेयर सर्वसाधरण समूहको छ । कम्पनीले २४०% हकप्रद सेयर जारी गर्दा सबै बिक्री नभएपछि त्यसलाई लिलामी प्रक्रियाबाट बिक्री गर्न लागेको हो ।

कम्पनीले गत भदौ ३ गतेदेखि असोज २३ गतेसम्म ७२ लाख ५७ हजार ६०० कित्ता (२४०%) हकप्रद सेयर बिक्री गरेको थियो । यो लिलामी सेयरमा मंसिर १० देखि १७ गतेसम्म आवेदन दिन पाइने छ । यसमा न्यूनतम अंकित मूल्य १ सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर बोलकबोल गर्नुपर्छ । यसमा एनएमबि क्यापिटल नागपोखरी काठमाडौंबाट आवेदन दिन सकिनेछ ।

त्यसैगरी एनएमबि बैंकको झापा, जनकपुर, चितवन, बाग्लुङ्ग, घोराही, सुर्खेत र महेनद्रनगरबाट पनि आवेदन दिन सकिनेछ । एनएमबिकै विराटनगर, वीरगञ्ज, हेटौडा, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढी शाखाबाट पनि लिलामी सेयरमा आवेदन दिन सकिनेछ । 

युनाइटेड इनसुरेन्सको लिलामी सेयर सम्बन्धी सूचना 
 

Post Your Comment