Market Closed

युनाइटेड इन्सुरेन्सको लिलामी सेयरमा आवेदन दिने समय अब घर्किंदै

02 Dec,2019
  • Auction_8_1_12_2_2019_10_18_55.jpg
नेपाली पैसा 
 
काठमाडौं : युनाइटेड इन्सुरेन्सको लिलामी सेयरमा आवेदन दिने मंगलबार (मंसिर १७ गते) अन्तिम दिन हो । सोमबारसहित अब २ दिनमात्र यसमा मौका मिल्नेछ । कम्पनीले मंसिर १० गतेबाट ४ लाख ९९ हजार १९२.६० कित्ता सेयर लिलामीमा ल्याएको हो । जसमा १ लाख ५७ हजार ६४९।६० कित्ता संस्थापक र ३ लाख ४१ हजार ५४३ कित्ता सेयर सर्वसाधरण समूहको छ । कम्पनीले २४०% हकप्रद सेयर जारी गर्दा सबै बिक्री नभएपछि त्यसलाई लिलामी प्रक्रियाबाट बिक्रीमा ल्याएको हो । 
 
कम्पनीले गत भदौ ३ गतेदेखि असोज २३ गतेसम्म ७२ लाख ५७ हजार ६०० कित्ता (२४०%) हकप्रद सेयर बिक्री गरेको थियो । यसको न्यूनतम अंकित मूल्य १ सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर बोलकबोल गर्नुपर्छ । यसमा एनएमबि क्यापिटल नागपोखरी काठमाडौंबाट आवेदन दिन सकिनेछ ।
 
त्यसैगरी, एनएमबि बैंकको झापा, जनकपुर, चितवन, बाग्लुङ्ग, घोराही, सुर्खेत र महेनद्रनगरबाट पनि आवेदन दिन सकिनेछ । एनएमबिकै विराटनगर, वीरगञ्ज, हेटौडा, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढी शाखाबाट पनि लिलामी सेयरमा आवेदन दिन सकिनेछ । 

युनाइटेड इनसुरेन्सको लिलामी सेयर सम्बन्धी सूचना 
 

Post Your Comment