युनाइटेड इन्सुरेन्सको एजीएम आज, सेयरधनीलाई छैन लाभांश

20 Jan,2021
  • AGM_2_21_20_1_20_2021_10_23_01.jpg
नेपाली पैसा
 
काठमाडौं : युनाइटेड इन्सुरेन्सको वार्षिक साधारण सभा आज मंगलबार (माघ ७ गते) बस्दैछ । सभा होटल हिमालय ललितपुरमा बिहान १०ः३० बजे भर्चुअल माध्यमबाट सुरु हुँदैछ । कम्पनीले यसअघिनै आर्थिक वर्ष २०७५–७६ को नाफाबाट सेयरधनीलाई कुनैपनि लाभांश वितरण नगर्ने जनाइसकेको छ । यसर्थ, यो पटक कम्पनीका सेयरधनीको हात खाली हुनेछ ।

सभामा बिमा समितिको स्वीकृति बमोजिम संस्थापक समुह र सर्वसाधारण समुहको सेयर स्वामित्व परिवर्तन गर्ने एजेन्डा पनि छ । कम्पनीको संरचना परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा संसोधन प्रस्ताप पनि सभामा पेश हुँदैछ । कम्पनीको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सानमा पनि छलफल हुनेछ ।

आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि यसले पुस २१ बुक क्लोज गरिसकेको छ । यसर्थ, पुस २० गतेसम्म कायम रहेका सेरधनीले सभामा भाग लिन पाउनेछन् ।
 

Post Your Comment