Market Closed

वोमी लघुवित्तको खुल्यो सेयर कारोबार

09 Jul,2020
  • Womi-microfinance-bittiya-sanstha-Ltd_8_15_2018_11_38_03.jpg
नेपाली पैसा

काठमडौं : नेप्सेले वोमी लघुवित्तको धितोपत्र सूचीकरण स्थगन फुकुवा गरेको छ । यसअघि यस लघुवित्तको बोनस सेयर मूल्य समायोजनमा गल्ती भएपछि नेप्सेले वोमीको कारोबार रोक्का गरेको थियो । अहिले कम्पनीले स्पष्टिकरण सहितको पत्र पठाएकाले कारोबार खुला गरेको नेप्सेले जनाएको छ । नेप्सेले अब आइन्दा यस्तोे गल्ती नदोहो¥याउन  भनेको छ ।

वोमीले हाल कायम चुक्ता पुँजी २५ करोड २५ लाख ७६ हजार रुपैयाँको १०% का दरले बोनस सेयर दिने प्रस्ताव गरेको थियो । यसर्थ, यस पुँजीका आधारमा १०% बोनस सेयरको मात्र मूल्य समायोजन हुनुपर्ने थियो । तर नेप्सेले भने २५% बोनस सेयरको मूल्य समायोजन गरेको थियो ।

यसरी समायोजन गर्दा यसका सेयरधनी निकै मर्कामा परेका थिए । यसको व्यापक विरोध भएपछि चैत ३ गतेबाट नेप्सेले कम्पनीको कारोबार रोक्का गरेको थियो । तथापि, नेप्सेले २५% बोनस सेयरपछिकै मूल्यमै कारोबार खुलाएको छ । तथापि, खुलेको पहिलो दिन बिहीबार नै यस कम्पनीको सेयर भाउ १०% ले बढेको छ । 
 

Post Your Comment