Market Closed

नेपाल टेलिकमको ४५% लाभांश पारित, लगानीका क्षेत्र विस्तार गरिंदै

14 Jan,2020
  • telecom_1_14_2020_5_15_08.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को ४५% नगद लाभांश पारित भएको छ । मंगलबार सम्पन्न साधारण सभाले लाभांश अनुमोदन गरेको हो । अब केही समयपछि लगानीकर्ताको खातामा लाभांश पठाउन सुरु गरिने कम्पनीको भनाई छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई यो लाभांश दिएको हो । टेलिकमको साधारण सभा मंगलबार त्रिभुवन आर्मी अफिसर्स क्लब, टुंडिखेल, काठमाडौंमा आयोजना गरिएको थियो ।

सभा प्रयोजनका लागि टेलिकमले पुस १५ गतेदेखि २९ गतेसम्म बुक क्लोज गरेको थियो । पुस १४ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश पाउँदैछन् ।  टेलिकमले अब कम्पनीमा मौज्दात रहेको ठूलो रकम बैंक तथा वित्तीय कम्पनी, पुँजी बजार वा अन्य कम्पनीको सेयरमा लगानी गर्ने  भएको छ । यसैगरी, यस्तो रकम आवश्यकता अनुसार ऋण लगानी गर्ने तयारी पनि गरिएको छ ।

यसबाहेक विद्युत उत्पादन, प्रशारण तथा वितरण गर्न एवं इन्फ्रस्ट्रचर सेयरिङ लगायतका काममा पनि लगानी गरिने भएको छ । यसका लागि सेवामूलक कम्पनी खोल्नका लागि कम्पनीको प्रबन्धपत्र संशोधन गरिने भएको छ । 

Post Your Comment