Market Closed

कति छ अमेरिकी डलरको भाउ ?

26 Mar,2020
  • dollar_3_26_2020_10_37_53.jpeg
नेपाली पैसा
 
काठमाडौं : नेपाल राष्ट्र बैंकले बिहीबार एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ १२ पैसा र बिक्रीदर १२१ रुपैयाँ ७२ पैसा निर्धारण गरेको छ । बुधबार एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ २३ पैसा र बिक्रीदर १२१ रुपैयाँ ८३ पैसा थियो । यस आधारमा भाउ अघिल्लो दिन भन्दा सामान्य तल झरेको देखिन्छ । पछिल्लो समय निरन्तर रुपमा बढेर रेकर्ड ब्रेक गरेको डलरको भाउ पछिल्लो दुई दिन केही सम्हालिएको छ ।

यद्दपि, यो मूल्य पनि उच्च हो । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा लगानीकर्ता अमेरिकी डलर सञ्चय गर्नतर्फ आकर्षित भएका हुन् । यसबाहेक अन्य देशका मुद्राहरु थप कमजोर भएको अवस्था छ । यसबाहेक अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम र सेयर मूल्य पनि घटेको छ । तर सुन र डलर भने माथि लागेका छन् । कोरोनाको मनोवैज्ञानिक त्रासका कारण विश्व अर्थतन्त्र नै प्रभावित हुन थालेको अवस्था छ । यस्तो बेला लगानीकर्ता डलरतर्फ आकर्षित भएका हुन् । 
 
 
 

Post Your Comment