Market Closed

युवराज खतिवडा सरकारको विशेष आर्थिक सल्लाहकार नियुक्त

15 Sep,2020
  • Yuvaraj-khatiwoda_9_10_2020_7_43_40_9_15_2020_7_10_31.jpg
नेपाली पैसा

काठमाडौं : निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा सरकार (प्रधानमन्त्रीको) को विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी विशेष आर्थिक सल्लाहकार नियुक्त गरेको हो ।

खतिवडाले राष्ट्रिय सभा सदस्य पदावधि सकिएपछि यही भदौ १९ गते अर्थ तथा सञ्चार मन्त्रीबाट राजीनामा दिएका थिए ।  परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सोमबार बसेको मन्त्रिपरिषद् बैठक सार्वजनिक गर्दै खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरिएको जानकारी गराएका हुन् । 
 

Post Your Comment