Market Closed

माछापुच्छ्रे् बैंकको साधारण सभा स्थगित

17 Oct,2020
  • Machhapuchhre-bank-Ltd_8_13_2018_11_19_23_10_9_2019_9_10_58.jpg
नेपाली पैसा
 
काठमाडौं : माछापुच्छ्रे् बैंकले कात्तिक ६ गते बोलाएको वार्षिक साधारण सभा स्थगित गरेको छ । बैंकको शुक्रबार (असोज ३० गते) बसेको बैंकको सञ्चालक समिति बैठकले अहिले विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणको त्रास र आसन्न चाडपर्वका कारण सभा स्थगित गर्ने निर्णय गरेको हो । सरकारले एक ठाँउमा धेरै जना भन्दा बढी मान्छे भेला नहुन निर्देशन दिएकाले सोही निर्णयलाई आधार मान्दै अर्को सूचना जारी नभएसम्मका लागि सभा स्थगित गरिएको बैंकको भनाई छ ।

बैंकले गत वर्षको नाफाबाट ७.०३% बोनस सेयर र ३.३७% नगद लाभांश (करसहित) वितरण गर्ने मुख्य प्रस्ताव सभामा पेश गर्दैछ । सभा प्रयोजनका लागि बैंकले असोज २२ गते बुक क्लोज गरेको छ । असोज २१ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गरेका छन् । 
 

Post Your Comment