Market Closed

माउन्टेन इनर्जी नेपालले आइपीओ बाँडफाँटमा नपरेको पैसा फिर्ता दिन थाल्यो

30 Oct,2020
  • Refund_10__10_30_2020_1_48_28.jpg
नेपाली पैसा 
 
काठमाडौं : माउन्टेन इनर्जी नेपालले शुक्रबार (कात्तिक १४ गते) बाट आइपीओ सेयर बाँडफाँटमा नपरेको पैसा फिर्ता दिन सुरु गरेको छ । कम्पनीले आवेदकले आवेदन फारममा उल्लेख गरेकै बैंक खातामा पैसा फिर्ता पाउनेछन् । नेपाल क्लियरिङ हाउस (एनसीएचएल) मा आबद्ध बैंक तथा वित्तीय संस्थालाई इन्टर बैंक पेमेन्ट सिस्टम (आइपीएस) मार्फत बैंक खातामा रकम फिर्ता दिइने कम्पनीले जनाएको छ ।
 
माउन्टेनले भदौ ३१ गतेबाट असोज २९ गतेसम्म १९ लाख ६८ हजार २७ लाख सेयर बिक्री खुला गरेको हो । कम्पनीले म्याग्दी र नुवाकोट जिल्लाको आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १९ करोड ६८ लाख २ हजार ७०० रुपैयाँको सेयर बिक्री खुला गरेको थियो । स्थानीयलाई बिक्री गरिसकेपछि सर्वसाधारणका लागि पनि आइपीओ खुला हुनेछ । यसले दोस्रो चरणमा सर्वसाधारणका लागि पनि १९ लाख ६८ हजार २७ लाख कित्ता नै आइपीओ निष्कासन गर्नेछ ।

 
 

Post Your Comment